भारतमा अविरल वर्षा, सबै विद्यालयहरू बन्द, कामबाहेक घर बाहिर ननिस्कन आग्रह

261 Shares

एजेन्सी । भारतको राजधानी दिल्लीसहित विभिन्न क्षेत्रमा अविरल वर्षा भइरहेका कारण धेरै ठाउँमा बाढी  आएको  छ । 

राजस्थानका धेरै जिल्लामा बितेको २४ घण्टाभन्दा बढी समयदेखि भइरहेको ठूलो वर्षाका कारण बाढीको जोखिम बढेको समाचारहरुमा बताइएको छ ।  

आज त्यहाँका सबै विद्यालयहरू बन्द गरिएको छ । यस्तै, पञ्जाबको पठानकोटमा पनि वर्षाका कारण सडकमा पानी जम्ने समस्या देखिएको छ । त्यहाँको एक घर क्षतिग्रस्त भइ केही अङ्श बगाएको छ ।

यसअघि उत्तराखण्डको चमोली जिल्लामा गएको शुक्रवार वर्षाका कारण ठूलो बाढी आएको थियो । 

प्रशासनले विभिन्न जिल्लाका बासिन्दालाई आवश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरेको खबरमा उल्लेख छ ।