भारतले नेपालबाट थप ८० मेगावाट बिजुली खरिद गर्ने

266 Shares

काठमाडौं । भारतले थप ८० मेगावाट बिजुली खरिद गर्न स्वीकृति दिएको छ । ४८ दशलमवव ५ मेगावाटको मेवा खोला र ३१ दशमलव ०४ मेगावाटको करुवा सेती जलविद्युत् आयोजनाको बिजुली निर्यात गर्न स्वीकृत पाएको हो । बर्षायाममा नेपालले बिजुली बिक्री गर्दै आएको छ भने सुख्खायाममा भारतसँगै किन्दै आएको छ ।

भारतसँगै नेपालले बंगलादेशलाई समेत ४० मेगावाट बिजुली निर्यात गर्दै आएको छ। पछिल्लो पटक भारतले २०० मेगावाट बिजुली निर्यातका लागि स्वीकृति दिएको थियो । नेपाल र भारतबीचको द्विपक्षीय सम्झौता अन्तर्गत मध्यम अवधिका लागि बिजुली निर्यात गर्न पाउने भएको छ ।

नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौताले आगामी १० वर्षमा नेपालबाट भारतलाई १० हजार मेगावाटसम्म विद्युत् बिक्री गर्ने परिकल्पना गरेको छ । यो सम्झौताको पहिलो वर्ष हो र झन्डै १ हजार मेगावाट निर्यात भइसकेको छ । गत आर्थिक वर्षमा १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको बिजुली भारत पठाइएको थियो ।