341
Shares
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आइतबार छापावाल सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेर १ लाख ९५ हजार ५०० रुपैयाँ पुगेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार २०० रुपैयाँ कायम थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रतितोला २ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ३१० रुपैयाँ पुगेको हो, जसमा ५ रुपैयाँको गिरावट भएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया