मेष राशि
व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ। आकस्मिकरुपमा यात्राको अवसर जुट्नेछ । मानसम्मान प्राप्त गर्न सकिनेछ। पारिवारिक सरसहयोगले लामो समयदेखि रोकिएका कामहरु पूरा भएर जाने देखिन्छ।
वृष राशि
काममा ढिलासुस्ती बाहिर जानेछ पैत्रिक सम्पत्तिमा वादविवादको सामना गर्नुपर्नेछ। बोलीमा कठोरता आउनुका साथै प्रेमीप्रेमिका बीच मनमुटावको सिर्जना हुने देखिन्छ ।
मिथुन राशि
बोलीको प्रभाव बढेर जानेछ। नयाँ साथीको आगमनसँगै नयाँ कार्यको समेत थालनी हुने देखिन्छ । मिष्ठान्न भोजनको अवसर जुट्नेछ प्रेम गर्ने अवसर जुट्ने देखिन्छ ।
कर्कट राशि
झुटा आरोपको सामना गर्नुपर्नेछ। छ। दाजुभाइमा अनावश्यक रुपमा कलह बढेर जानेछ। व्यापार व्यवसायमा रास आउनुका साथै विश्वास गरेका साथीभाईबाट धोका पाइने योग छ।
सिंह राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ। बोलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कन सक्ने देखिन्छ। औद्योगिक क्षेत्रमा रास आउनाले मनमा चिन्ता बढेर जानेछ।
कन्या राशि
अधुरा कामहरू पूरा भएर जानेछ । कृषि तथा चौपायबाट राम्रै आम्दानी गर्न सकिने योग छ। पुराना साथीभाइसँगको भेटघाट हुनाले मनमा उत्साह बढेर जानेछ। भोजभतेरमा सहभागी भइने योग छ।
तुला राशि
जग्गा जमिनसम्बन्धी कामबाट राम्रै आम्दानी गर्न सकिनेछ। शेयर कारोबारबाट लाभ लिन सक्नुका साथै शत्रु पक्षबाट तपाईंकै जित हुने देखिन्छ। मिष्ठान्न भोजनको अवसर जुट्नेछ।
वृश्चिक राशि
काममा बाधा र आयमा कमी आउनाले मनमा चिन्ता बढेर जानेछ। अनावश्यकरूपमा साथीभाइसँग वादविवादको सिर्जना हुनेछ। विश्वास गरेकाबाट धोका पाइनुले मनमा चिन्ता बढेर जानेछ।
धनु राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । सामाजिक कार्यमा समय व्यतीत हुनेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर जुड्नेछ। वैदेशिक कामबाट प्राप्त सफलताले सबैको विश्वास जित्न सकिनेछ।
मकर राशि
पराक्रम बढेर जानेछ । नयाँ कार्यको थालनी हुनेछ। बोलीमा आएको मिठासले सबैको प्यारो भइनेछ । पारिवारिक सरसहयोगले धार्मिक यात्राको अवसर जुट्ने देखिन्छ।
कुम्भ राशि
परिवारमा अनावश्यकरूपमा वादविवादको सामना गर्नुपर्नेछ। लेखन शैलीमा कमी आउनेछ। । दिनको मध्यभागबाट बोलीमा मिठास छाउनुका साथै पुराना साथीभाइसँग भेटघाट हुने देखिन्छ।
मीन राशि
बोलीको प्रभाव बढेर जानेछ। कृषि तथा चौपायाबाट राम्रै आम्दानी गर्न सकिने देखिन्छ । काममा भएको लगनशीलताले ठूला व्यक्तिको समेत प्रशंसनीय भइनेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया