पेट्रोलकाे मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

427 Shares

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्यमा समायोजन गर्दै पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ।

निगमले इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य सूचीको आधारमा शुक्रबार जारी विज्ञप्तिमार्फत जानकारी दिएको हो। जस अनुसार, पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको छ।

नयाँ मूल्य परिवर्तन शनिबारदेखि लागू हुने निगमले जनाएको छ।