२०८२ साल श्रावण ३० गते शुक्रबारः यस्ताे छ आजकाे राशिफल

413 Shares

मेष राशि
मनोरञ्जनतर्फ मन जानेछ । कृषि तथा चौपायाबाट राम्रै आम्दानी गर्न सकिनेछ। शेयर कारोबारबाट लाभ लिन सकिनेछ। मानसम्मानमा वृद्धि भएर जानेछ। प्राविधिक क्षेत्रबाट लाभ मिल्ने देखिन्छ।

वृष राशि
गरिरहेको काममा बाधा आउने देखिन्छ। वैदेशिक कार्यबाट हानी बेहोर्नु पर्ने देखिन्छ। दाम्पत्य जीवनमा कलह बढेर जानेछ। लेखन शैलीमा कमी आउनाले मानसिक तनाव बढेर जानेछ ।

मिथुन राशि
सामाजिक काममा सफलता प्राप्त हुनाले सबैको प्यारो बनिनेछ। कुरा काट्नेहरू प्रशंसा गर्न थालेछन्। आयमा वृद्धि हुनुका साथै साझेदारी काममा प्रशस्त आम्दानी गर्न सकिनेछ। दाम्पत्य जीवनमा खुसियाली छाउनेछ।

कर्कट राशि
स्वास्थ्यमा सुधार भएर जानेछ। शैक्षिक क्षेत्रमा सुधार हुनुका साथै पुराना साथीभाइहरू भेटघाट हुनाले मनमा खुसी छाउने देखिन्छ। कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन्।

सिंह राशि
व्यर्थैमा झैझगडाकाे सामना गर्नुपर्नेछ। दाजुभाईमा अनावश्यकरुपमा विवाद बढेर जाने देखिन्छ। श्रव्य दृश्यमा समय व्यतीत भएर जाने देखिन्छ। लेखन शैलीमा कमी हुनाले मनमा चिन्ता बढेर जानेछ ।

कन्या राशि
भोज भतेरमा सहभागी भइनेछ। फसेको धन उठ्न सक्ने सम्भावना बढेर जानेछ। जागिरमा पदोन्नतिको सम्भावना बढेर जानुका साथै शेयर कारोबारमा वृद्धि भएर जानेछ।

तुला राशि
अध्ययनमा सफलता प्राप्त गर्न सकिनेछ । बोलीमा माधुर्यता छाउने छ । न्यायिक क्षेत्रमा तपाईंकै जित हुनेछ । मनोरञ्जनमा समय व्यतीत हुनाले मनमा खुसी छाउने छ । पतिपत्नीबीच माधुर्यता छाउनेछ। 

वृश्चिक राशि
पारिवारिक कलह बढेर जानेछ । अर्काले गरेको गल्तीको पनि सजाय भोग्नुपर्ने देखिन्छ।अकस्मात स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्ने सम्भावना बढेर गएको छ। झुटा आरोप लाग्न सक्नेछ।

धनु राशि
बोलीमा कठोरता आउनाले हातमा आएकाे धनसमेत उम्कन सक्ने सम्भावना बढेर गएको छ। धनमाल हराउन सक्ने सम्भावना बढेर जाने देखिन्छ। सजगताका साथ अगाडि बढ्नुहोला।

मकर राशि
अधुरा काम पूरा हुनुका साथै नयाँ काम पाइने योग छ। स्वास्थ्यमा सुधार भएर जानेछ। आर्थिक क्षेत्रमा वृद्धि हुनुका साथै साथीभाइबाट प्राप्त सहयोगले कार्यमा थप हौसला मिल्नेछ।

 कुम्भ राशि
खसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको छ। आम्दानीका बाटाहरू पूर्णरूपमा खुल्नेछन्। नयाँ साथीको आगमनले काममा जोस जाँगर बढेर जाने देखिन्छ। 

मीन राशि
टाउको दुख्ने समस्याले सताउनेछ। आकस्मिकरूपमा पारिवारिक स्वास्थ्यमा उतारचढाव आउनेछ । शारीरिक दुर्बलता बढेर जानेछ । मातृ स्वास्थ्यमा शिथिलता आउने देखिन्छ।