262
Shares
काठमाडौँ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.६२ अंकले बढेको छ। नेप्से ०.०९ प्रतिशतले बढेर परिसूचक २ हजार ७८८.२६ विन्दुमा पुगेको हाे।
नेप्से झिनो अंकले बढ्दा कारोबार रकम पनि बढेको छ। बिहीबार ७ अर्ब ४६ करोड ४१ लाख ७७ हजार रुपैयाँ बराबरको १ करोड ९२ लाख ५८ हजार ४४५ कित्ता शेयर कारोबार भएको छ।
बजार बन्द हुँदा १०८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४१ वटा कम्पनीको शेयर मूल्य घटेको छ। कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन ।
दिनभरमा ३२० वटा कम्पनीको शेयर ७६ हजार ५४२ पटक किनबेच भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया