272
Shares
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुबैको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेर १ लाख ९६ हजार ८०० रुपैयाँ पुगेको हो । बुधबार सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ७०० रुपैयाँ कायम थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला २ हजार ३२५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार २ हजार ३४० रुपैयाँ पुगेको हो, जसमा १५ रुपैयाँको वृद्धि भएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया