आज १०.५० अंकले घट्यो नेप्से, कति भयाे कारोबार ?

290 Shares

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.५० अंकले घटेको छ। नेप्से ०.३७ प्रतिशतले घटेर २ हजार ७८५.५७ विन्दुमा पुगेको हाे।
 
नेप्से घट्दा ६ अर्ब १६ करोड १८ लाख ९४ हजार रुपैयाँ बराबरको १ करोड ५८ लाख ४७ हजार ८७३ कित्ता शेयर कारोबार भएको छ। 

बजार बन्द हुँदा ८९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । एक वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

दिनभरमा ३२१ वटा कम्पनीको शेयर ७० हजार ९९ पटक बिक्री भएको छ ।