आज शेयर बजार २८ अङ्कले घट्याे, कति भयाे कारोबार ?

304 Shares

काठमाडौँ । सोमबार शेयर बजार घटेको छ। बजार परिसूचक आज २७.९० अङ्कले घटेको हो । योसँगै बजार परिसूचक २ हजार ८२२.४६ अङ्कमा झरेको छ। बजारमा आज १० अर्ब २१ करोडको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । 

आज २० कम्पनीको मूल्य बढ्दा २२० कम्पनीको मूल्य घटेकाे छ । म्युचुअल फण्ड र अन्य समूह बाहेक सबै समूहका सूचक आज नकारात्मक रहेका छन् । विकास बैंक र माइक्रोफाइनान्स समूह २ प्रतिशतभन्दा धेरैले घटेको छ। 

बजारमा आज रिभर फल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लागेकाे छ भने उन्नति सहकार्य लघुवित्त र लिवर्टी इनर्जीको मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेकाे छ। कारोबार रकममा आधारमा शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स कम्पनी र नेपाल रिइन्स्योरेन्स कम्पनी अगाडि देखिएका छन् ।