सामान्य घट्याे सुनकाे मूल्य , कतिमा हुँदैछ काराेबार ?

283 Shares

काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेकाे छ । शुक्रबार हालसम्मकै उच्च बिन्दुमा पुगेकाे सुन आज प्रतिताेला २०० ले घटेकाे हाे । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९९ हजार ४०० रुपैयाँ कायम भएको छापावाल सुन आज २०० ले घटेर १ लाख ९९ हजार २०० रुपैयाँमा काराेबार भइरहेकाे छ। 

यस्तै चाँदीको मूल्य भने केही बढेको छ। शुक्रबार तोलामा २ हजार ३२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज ५ रुपैंयाँ बढेर तोलामा २ हजार ३३० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।