397
Shares
काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ९८ हजार ४०० रुपैयाँ कायम भएको छापावाल सुन शुक्रबार एक हजारले बढेर १ लाख ९९ हजार ४०० रुपैयाँमा काराेबार भइरहेकाे छ। याे हालसम्मकै उच्च मूल्य हाे ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलामा २ हजार ३१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज १० रुपैंयाँ बढेर तोलामा २ हजार ३२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया