409
Shares
काठमाडाैं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सबै सूचकहरूले सकारात्मक बृद्धि देखाएका छन् ।
नेप्से परिसूचक १८.३० अंकले बढेर २ हजार ८५० मा पुगेको छ । बजार खुल्नासाथ परिसूचक २ हजार ८६१ सम्म पुगे पनि अन्तिम समयमा केही बिक्रीले थोरै गिरावट आयो ।
आज १८७ कम्पनीको शेयर मूल्य बढ्दा ६२ कम्पनीको मूल्य घटेको छ। कारोबार रकम ८ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ ।
फाइनान्स समूह १.३८ प्रतिशतले सबैभन्दा धेरै बढेको छ भने सिक्लेस हाइड्रोपावर ९.८१ प्रतिशतले सबैभन्दा बढी मूल्य वृद्धि गरेको छ । बजार पूँजीकरण ४७ खर्ब ५७ अर्ब रुपैयाँमा कायम छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया