सुनकाे मूल्य स्थिर, चाँदीकाे बढ्याे: कतिमा हुँदैछ काराेबार ?

314 Shares

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ९८ हजार ४०० रुपैयाँ कायम भएको छापावाल सुन बिहीबार पनि साेही मूल्यमा काराेबार भइरहेकाे छ।  

यस्तै चाँदीको मूल्य भने बढेको छ। बुधबार तोलामा २ हजार ३०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार ३१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।