काठमाडौँ । साताको पहिलो दिन आइतबार शेयर बजारमा भएको कारोबारमा १६ वटा कम्पनीको शेयर मूल्यमा बृद्धि भयो भने २३३ कम्पनीको मूल्य घटेको छ।
बजारको समग्र मापन गर्ने सबै सूचकहरू तल झर्दा कारोबारमा व्यापक गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६३.७३ अंकले घट्दै २ हजार ८५८.०० अंकमा झरेको छ ।
अघिल्लो कारोवार दिनको तुलनामा आज कारोबार रकममा पनि उल्लेख्य गिरावट आएको छ। शुक्रबार १५ अर्ब ९८ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज कारोबार १३ अर्ब ७ करोड रुपैयाँमा सीमित रह्यो ।
साताको पहिलो दिन आइतबार शेयर बजारमा १६ कम्पनीको सेयर मूल्यमा वृद्धि भयो भने २३३ कम्पनीको मूल्य घटेको हो। सबैभन्दा धेरै गिरावट अन्य समूहमा देखियो, जसको सूचक ३.४८ प्रतिशतले घट्यो।
फेसबुकबाट तपाईको प्रतिक्रिया