291
Shares
काठमाडौँ । आज सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आज सुनको मूल्य ३ हजार ४०० रुपैयाँ वृद्धि भएको हो ।
महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा १ लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा १ लाख ९३ हजार १०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि आज बढेको छ । शुक्रबार २ हजार २३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा २ हजार २५० रुपैयाँ पुगेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया