बिहीबार शेयर बजारमा ३१.५० अङ्कको गिरावट

282 Shares

काठमाडौँ । बिहीबार पनि शेयर बजारमा गिरावट आएको छ । आज नेप्सेमा ३१.५० अङ्कको गिरावट आएको हो। योसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २ हजार ९२२.६३ विन्दुमा झरेको छ । बुधबार नेप्से परिसूचक झण्डै ४८ अङ्कले घटेको थियो । 

आज बजारमा कारोबार भएका कुल २५० कम्पनीमध्ये १९८ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने ५२ कम्पनीको मूल्य मात्र बढेको छ। बजारका १३ समूहका सूचकमध्ये फाइनान्स सूचक मात्रै बढेको छ। बाँकी सबै सूचकमा गिरावट आएको छ । 

दिनभरमा ३ करोड ६८ लाख ७१ हजार २४४ कित्ता सेयर किनबेच हुँदा कुल १५ अर्ब ९८ करोड ९१ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।समग्र बजार ओरालो लागेपनि आज पाँच वटा कम्पनीको मूल्य भने सकारात्मक सर्किटको नजिक पुगेको छ । 

कारोबार रकमका आधारमा आज हिमालयन रिइन्स्योरेन्सले १ अर्ब ३३ करोडभन्दा बढीको कारोबार गर्दै शीर्ष स्थानमा रह्यो । त्यसैगरी, नेपाल रिइन्स्योरेन्स कम्पनी र हिमालयन डिस्टिलरी क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।