सुनकाे मूल्य ८०० ले घट्याे, कतिमा हुँदैछ काराेबार ?

263 Shares

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेकाे छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको हो । यससँगै बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ६०० कायम भएको छ । 

यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ९४ हजार  ४०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै आज चाँदीको मूल्य ४० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला २ हजा ३१० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार २ हजार २७० रुपैयाँ कायम भएको छ ।