२०८२ साल आषाढ २३ गते सोमबारः यस्ताे आजकाे राशिफल

320 Shares

काठमाडौँ ।  २०८२ साल आषाढ २३ गते सोमबार । तदनुसार ७ जुलाइ २०२५ ।  द्वादशी तिथी ४३ घडी ११ पला उप्रान्त त्रयोदशी तिथी प्रारम्भ  हुनेछ । अनुराधा नक्षत्र ४४ घडी २५ पला उप्रान्त  जेष्ठा प्रारम्भ हुनेछ । शुभ योग बयब करण आज बिहान सूर्योदय ५ः१५ मा भयो भने सूर्यास्त ७:१ मिनेटमा हुनेछ। आज सोमबार चन्द्रमा बृश्चिक राशिमा ।

मेष राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ। जग्गा जमिनसम्बन्धी काममा वृद्धि भएर जानेछ। व्यापार व्यवसायमा प्राप्त सफलताले सबैको प्यारो बनिने छ । प्रेम गर्ने अवसर जुट्नेछ। 

वृष राशि
पारिवारिक सरसहयोगले नयाँ कार्यको थालनी हुनेछ । वैदेशिक कार्यमा सफलता पाइने योग छ । मानसम्मानमा वृद्धि भएर जानेछ । माङ्गलिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ।

 मिथुन राशि
काममा ढिला सुस्ती हुने देखिन्छ । स्वास्थ्यमा उतारचढाव आउने देखिन्छ। धनमाल हराउन सक्ने सम्भावना बढेर गएको छ। आँखासम्बन्धी समस्याले सताउने हुँदा सजगताका साथ अगाडि बढ्नुहोला।

कर्कट राशि
चोटपटकको सम्भावना रहेकाले सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ । मुद्दा मामिलामा फसिने योग छ । आफन्तबाट धोका पाइनुले गरिरहेको काममा समेत बाधा आउने देखिन्छ।

सिंह राशि
जग्गा जमिनसम्बन्धी काममा सफलता पाइने योग छ । पुराना साथीभाइसँग भेटघाट हुनुका साथै रमाइलोमा समय व्यतीत हुनेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ।

कन्या राशि
आकस्मिकरूपमा आएमा वृद्धि भएर जानेछ । बोलीमा मिठास छाउने छ। नयाँ कार्यको थालनी हुनुका साथै नयाँ धनमाल जोडिन सक्ने सम्भावना बढेर गएको देखिन्छ । लेखन शैलीमा तीव्रता आउनेछ।

तुला राशि
आएमा कमी आउनेछ झुठा आरोपको सामना गर्नुपर्ने देखिन्छ । आर्थिक लेनदेनमा विवादको सामना गर्नुपर्ने देखिन्छ। परिवारमा कलह बढेर जानुका साथै स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ।

वृश्चिक राशि
मानसम्मानमा वृद्धि भएर जानेछ । साथीभाइको सरसहयोगले नयाँ कार्यको थालनी हुनेछ। पठनपाठनमा सफलता पाइने योग छ। स्वास्थ्यमा सुधार भएर जाने देखिन्छ । प्रेम गर्ने अवसर जुट्नेछ।

धनु राशि
झुटा आरोपको सामना गर्नुपर्नेछ । व्यापार व्यवसायबाट घाटा बेहोर्नुपर्ने देखिन्छ । सामाजिक कार्यमा बाधा आउने देखिन्छ। लेखनशैलीमा कमी आउनाले मनमा चिन्ता बढेर जानेछ।

मकर राशि
नयाँ कार्यको थालनी हुने देखिन्छ। लामो समयदेखि रोकिएका कामहरू पारिवारिक सरसहयोगले पुनः सञ्चालनमा आउने देखिन्छ । सामाजिक उत्तरदायित्व बढेर जानाले मनमा खुसी छाउने छ।

कुम्भ राशि
दाजुभाईमा मनमुटावको सिर्जना हुने देखिन्छ। लेखन शैलीमा कमी आउनेछ। । बोलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना बढेर गएको देखिन्छ । सजग रहनुहोला।

मिन राशि
चोटपटक सम्भावना रहेकाले सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ। पारिवारिक कलह बढेर जानाले साथीभाइमा मनमुटावको सिर्जना हुनाले मानसिक तनाव बढेर जाने देखिन्छ ।