213
Shares

काभ्रेकाे पनाैती नगरपालिका वडानम्बर ८ मा पाठेघर तथा स्तन क्यान्सर जाँचसम्बन्धी स्वास्थ्य शिविर शनिबार सम्पन्न भएकाे छ । जसमा ९१ जनाकाे परीक्षण गरिएकाे वडानम्बर ८ कि सहजकर्ता गीता थापाले जानकारी दिनुभयाे ।
पनौती नगरपालिका वडानम्बर ८ र फिनलिट फाण्डेशनको आयोजनामा भएकाे शिविरमा धुलिखेल अस्पताल, सिद्वार्थ वनस्थली इन्ष्टिच्यूट, नेपाल रेडक्रस साेसाइटी र नेपाल हेल्थ क्रप्सको समन्वय रहेकाे थियाे ।
पनौती नगरपालिकाभरि रहेका स्वाधिन समूहका सदस्य लगायत अन्य महिला दिदीबहिनीहरुका लागि भएकाे पाठेघर तथा स्तन क्यान्सर जाँचसम्बन्धी स्वास्थ्य शिविर पनौती नगरपालिकाका उपप्रमुख गीता बन्जाराको संयोजकत्वमा सम्पन भएको हाे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया