सडकमाथिबाट आएकाे लेदाेले बीपी राजमार्ग अवरुद्ध (भिडियाे)

531 Shares

काभ्रे । काभ्रेकाे रोशी गाउँपालिका-९ नार्केस्थित बीपी राजमार्ग सडक खण्डमा अविरल बर्षाका कारण सडकमाथिबाट लेदो आई सडक दुबैतर्फी अवरोध भएकाे छ । 

साँझ ५ बजेतिर सडक दुवैतर्फ अवरुद्ध भएकाे थियाे । त्यस लगत्तै उक्त स्थानमा इलाका प्रहरी कार्यालय मंगलटारबाट प्रहरी टोली गई सडक विभागको जेसिबीद्वारा लेदो पन्छाउने कार्य भइरहेको छ । 

करिब २ घन्टाकाे प्रयासपछि अहिले एकतर्फी यातायात सुचारु भएकाे जिल्ला प्रहरी कार्यालय, काभ्रेले जानकारी दिएकाे छ । यद्यपी यहाँ जाखिम कायमै भएकाे र लेदाे पन्छाउने काम जारी रहेकाे पनि प्रहरीले जनाएकाे छ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नु हाेला 

 

 

तस्बीर र भिडियाेः जिल्ला प्रहरी कार्यालय, काभ्रे