मुगु केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प

351 Shares

काठमाडाैँ । आज (आइतबार) मुगु केन्द्रबिन्दु भएर भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार  दिउँसो २ बजेर ३४  मिनेट जाँदा मुगुको जिमा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो।

भूकम्प ४.८ म्याग्निच्युडको थियो । ५ म्याग्निच्युडभन्दा मुनिका भूकम्पले क्षति गर्ने सम्भावना धेरै कम हुने भूकम्पविद् बताउँछन्।