नेपालका सुन र चाँदी र तामाका खानी उत्खननमा बजेट परेनः सासद आलेमगर

279 Shares

काठमाडाैँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगरले नेपालमा सुन र चाँदीका, तामाका निश्चित खानीहरु रहको भन्दै खानी उत्खननमा सरकारले ध्यान दिन नसकेको बताउनुभएको छ । 

आईतवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सुन र चाँदीका, तामाका निश्चित रुपमा खानीहरु नेपालमा रहेको भन्दै यि खानीहरु उत्खनन गर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने बताउनु भयो । यसको सम्भाव्यता अध्ययन गर्नेतर्फ उद्योग मन्त्रालयले ध्या दिनुपर्ने बताउनु भयो । नेपालमा युरेनियम पत्ता लागिसकेको भएपनि बजेटमा विक्री वितरणका लागि कार्यक्रम नआएको बताउनु भयो ।

सांसद आलेमगरले घरेलु मदिराको ब्राण्डिङ तथा निर्यात प्रवद्र्धन कार्यक्रम सबै प्रदेश र सबै जिल्लामा लेखिएको तर रकम जम्मा ४ हजार लेखिएको भन्दै आपत्ति जनाउनु भयो । प्राविधिक त्रुटी हो भने सच्याउन आग्रह गर्नुभयो ।