मेलम्चीमा भएकाे बस दुर्घटनामा चालकसहित ८ जना घाइते (भिडियाेसहित)

530 Shares

मेलम्ची । बागमती प्रदेश -३-०१-००५ ख ९९७६ नम्बरको तिपेनीबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस सिन्धुपाल्चाेककाे मेलम्चीमा दुर्घटना भएको छ । 

दुर्घटनामा गाडीमा सवार ८ जना घाइते भएका र उनीहरुको मेलम्ची नगर अस्पतालमा उपचारका लागि पठाइएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । घाइतेको अवस्था सामान्य छ । चालक महेश्वर ढकाल भने गम्भीर छन् ।

घाइते हुनेहरुमा पाँचपोखरी थाङपाल गाउँपालिका ६ का अनिल भण्डारी, हेलम्बु चनौटेकी सुस्मिता ज्योती, भोताङकी पेमा लामा, नोर्की तामाङ, महेश्वर ढकाल चालक, बिनायक ढकाल र धापका रामचन्द्र पौडेल रहनु भएको छ । उनीहरुको मेलम्ची नगर अस्पतालमा सामान्य उपचारपछि अन्यत्र रिफर गरिएको  बताइएकाे छ ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला