इरान र गाजाको समर्थनमा हुथी नियन्त्रित क्षेत्रमा हजारौं यमनीहरूले जुलुस

309 Shares

काठमाडौँ । हुथीद्वारा सञ्चालित अल–मसिराह टिभीका अनुसार हजारौं यमनीहरू गाजा र इरानलाई समर्थन गर्न हुथी नियन्त्रित प्रान्तहरूमा भेला भएका छन् । 

हुथी समूहले आफ्ना समर्थकहरूलाई प्रदर्शनमा भाग लिनको लागि आह्वान गरेपछि इरानको विजयको प्रशंसा गर्दै उनीहरुले जुलुस निकालेका हुन् । मध्य सानाको अल–सबीन स्क्वायरमा, हुथी समर्थक प्रदर्शनकारीहरूले गाजासँग ऐक्यबद्धता व्यक्त गर्ने ब्यानरहरूको साथसाथै यमनी र प्यालेस्टिनी झण्डाहरू प्रदर्शन गरेका थिए ।

इजरायल र अमेरिका विरोधी नारा लगाएका छन् । सबै यमनी जनताले अमेरिका र इजरायल विरुद्धको हरेक विजयमा गर्व गर्ने उनीहरुको भनाइ छ । सिन्ह्वा