303
Shares
काठमाडौं । ललितपुर महानगरपालिकाले लागुऔषध दुर्व्यसनरहित घर अभियानको शुभारम्भ गरेको छ।
ललितपुरमा बिहीबार एक कार्यक्रमको आयोजना गरेर महानगरले लागुऔषध दुर्व्यसनरहित घर अभियानको शुभारम्भ गरेको हो । अभियानलाई महानगरले सफल बनाउने नगरप्रमुख चिरीबाबु महर्जनले प्रतिबद्धता जनाउनु भयो । उहाँले ललितपुर महानगरले अहिलेसम्म गरेका कामहरु पूरा गरेरै छोडेको र यो अभियान पनि पूरा गर्ने दाबी गर्नुभयो ।
उहाँले धेरैले ललितपुर महानगरपालिकालाई असल अभ्यास गरिरहेको महानगरका रुपमा हेरिरहेको र ललितपुर महानगरले पनि राम्रो अभ्यास गरेका पालिकाहरुको कामलाई ग्रहण गरिरहेको बताउनु भयो । मेयर महर्जनले असल अभ्यासहरु लागू गर्न लजाउन नपर्ने बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया