काठमाडाैँ । नेपाल प्रज्ञा प्रतिष्ठानको ६८ औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय कविता महोत्सव आयोजना भएको छ ।
सोमवार प्रतिष्ठानले आफ्नो ६८ औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय कविता महोत्सव आयोजना गरेको हो । महोत्सवमा कविहरुले आफ्नो रचनाहरु सुनाउनु भयो । कार्यक्रममा बोल्दै प्रतिष्ठानका कुलपति भूपाल राईले अहिलेको समयमा कविता विचार संप्रेषण गर्ने, विचार अभिव्यक्त गर्ने सर्वाधाकि शक्तिशाली माध्यम भएको बताउनु भयो । उहाँले विचारलाई व्यक्त गर्ने महत्वपूर्ण र धारिलो हतियारका रुपमा कवितालाई चित्रण गर्नुभयो ।
वार्षिकोत्सवको अवसरमा राष्ट्रिय कविता महोत्सवको आयोजना गरिएको छ । जसमा कविहरुले आफ्ना सिर्जनाहरु वाचन गरेर सुनाउनु भयो ।
प्रतिष्ठानले ६८ औं वार्षिकोत्सव मनाइरहेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया