धुलिखेल । जिल्ला समन्वय समिति काभ्रेले अनुगमन र निरिक्षणलाई तिव्रता दिएको छ।
आर्थिक वर्ष २०८१/८२ काे अन्तिम अवस्थामा स्थानीयतहहरुका विभिन्न शाखाकाे शाखागत प्रगति विवरणकाे जानकारी लिने उद्देश्यले पालिकाहरुमा अनुगमन गरिएको जनाइएको छ।
जिसस प्रमुख दीपककुमार गौतमले स्थानीय तहमा रहेका महिला, बालबालिका र सामाजिक शाखाको अनुगमन गर्नुभएको छ। साथै उहाँले महालेखा परिक्षककाे कार्यालयबाट देखिएको बेरुजुसम्बन्धी विषयमा पनि छलफल गरिएको हो ।
उहाँ कार्यालयकाे टिमसहित बिहीबार मण्डनदेउपुर नगरपालिका पुग्नु भएको थियाे । यस्तै प्रमुख गौतम साेही दिन पनौती, रोशी, पाँचखाल, नमोबुद्ध, बेथानचाेकलगायतका पालिकामा पनि अनुगमनका निम्ति पुग्नु भएको जानकारी दिनुभयो।
मण्डनदेउपुर नगरपालिका आर्थिक वर्ष २०८०/८१ मा बेरुजु रकम घटाउँदै जिल्लामा नगरपालिकामध्ये सबैभन्दा कम बेरुजु भएको नगरपालिकाको रुपमा चिनिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया