प्रगतिशील लेखक संङ्घ काभ्रेको नियमित दशौं काव्य वाचन श्रृङ्खला सम्पन्न

487 Shares

काभ्रेपलान्चोक । प्रगतिशील लेखक संङ्घ काभ्रेको नियमित दशौं काव्य वाचन श्रृङ्खला सम्पन्न भएको छ। शनिबार काभ्रेकाे बनेपामा एक कार्यक्रमबीच उक्त श्रृङ्खला सम्पन्न भएकाे हो । 

प्रगतिशील लेखक संङ्घका केन्द्रीय उपाध्यक्ष समीर सिंहकाे प्रमुख आतिथ्यतामा एक कृति समीक्षा र स्रष्टा बिशेषमा एक कविकाे ५ वटा कविता वाचन गर्नुका साथै नियमित रचना वाचन  गरिएको थियो । प्रलेस काभ्रेले केही महिना अघिदेखि कृति समीक्षा र स्रष्टा विशेष श्रृङ्खला सुरु गरेको थियो । 

यस महिनाकाे दशौं श्रृङ्खलामा बाल नाटककार भवानी पाण्डेको बाल नाटक`हाम्रो बाल क्लब´माथि समीक्षात्मक टिप्पणी गरिएको थियो, भने स्रष्टा विशेषमा कवि नायक यदुनाथ देउपुरेका ५ उत्कृष्ट रचनाले स्थान पाएकाे थियो । 

e5eda947-2411-4008-86fd-47a26961445b.jpg

पाण्डेको कृतिमाथि साहित्यकार रामसुन्दर पण्डितले समीक्षा गर्नु भएको थियो । यस्तै देउपुरेले  `के लेखौं कविता´,`माघ १६ पर्खनु ,´ `कृष्ण सेनलाई लालसलाम ´, `लास कुरिरहेछु´र ´कारखाना खाेलौं, शिर्षकका कविता वाचन गर्नुभयो । उहाँका रचनामाथि प्रमुख अतिथिले समीक्षात्मक टिप्पणी गर्नु भएको हो । 

प्रलेस काभ्रेका जिल्ला अध्यक्ष कान्छामान लामा तामाङ रक्तिमकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रलेस केन्द्रीय पार्षद सदस्य ध्रुब रायमाझी , रुपिकाका लेखक केशव घिमिरे , वर्तमान कविता समूहका अध्यक्ष कवि विश्व सिग्देल, पुराना अग्रज कवि तथा गुरु केशव ज्ञवाली  र काभ्रे प्रलेसका पदाधिकारी लगायत कवि र साहित्यकारहरुकाे बाक्लाे उपस्थिती रहेको थियो । 

कार्यक्रममा कविहरु विश्व सिग्देल , नवराज उत्साही, मुरहरी रायमाझी , बलराम विष्ट, संजय साेति , केशव घिमिरे, घायल याेद्धा नवराज, केशवराज पौडेल, अनामिका सजल , रक्तिम लामा, भवानी पाण्डे ,यदुनाथ देउपुरे, ध्रुव रायमाझी , समीर सिंह, सरस्वती चिमौरिया, राधिका घिमिरे , हरिप्रसाद चौलागाईं ,केशव ज्ञवाली `आगत´, शारदा नेपाल, दिनेश खरेलले आ- आफ्नो रचना प्रस्तुत गर्नु भएको थियो ।