नागरिकतासम्बन्धी विधेयकलाई छिटो पारित गरौँः उपसभापति खड्का

215 Shares

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नागरिकतासम्बन्धी विधेयकलाई छिटो पारित गर्नुपर्ने बताउनुभएको छ। 

मंगलबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । समितिमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धमा छलफल जारी छ । छलफलमा भाग लिँदै उपसभापति खड्काले सरकारले समितिमा ल्याएको नागरिकतासम्बन्धी विधेयकले के विषयलाई समेट्न खोजेको हो ? त्यो विषय स्पष्ट पारेर छिटो पारित गर्नुपर्ने बताउनु भयो । 

तत्काल सेवाग्राहीले पाउनुपर्ने लाभ, सरकारले दिन खोजेको लाभ समयमै पाओस् भन्नेतिर बढी जोड दिनुपर्ने बताउनु भयो । संवेदनशीलताको नाममा सदैव जटिलतामा नागरिकलाई पारिरहने काम गर्न नहुने उहाँकाे भनाइ थियाे । 

उपसभापति खड्काले एनआरएनएका लागि पनि नागरिकतासम्बन्धी विधेयक छिटो ल्याउन आग्रह गर्नुभयो ।