195
Shares
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले एकात्मक मानसिकताका कारण संघीयता कार्यान्वयन प्रभावकारी हुन नसकेको बताउनुभएको छ।
संघीयताको दृष्टिले आगामी आर्थिक वर्ष २०८२/८३ को सन्दर्भमा सोमबार काठमाडौंमा भएको कार्यक्रममा उहाँले संघीय सरकारमा बसेकाहरुको मानसिकता नै एकारात्मक रहेको बताउँदै यसले संघीयतालाई नोक्शानी गरिरहेको बताउनुभएको हो । उहाँका अनुसार आगामी वर्षका लागि सरकारले ल्याएको बजेट संघीयताको मर्म अनुरुप छैन ।
उहाँका अनुसार आगामी आवको बजेटमा शक्तिशाली मन्त्रीको जिल्लामा बजेटको खोलो बगाइएको छ । यसले गर्दा बजेट असन्तुलित बनेको भन्दै यस्तो लुट बन्द हुनुपर्ने बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया