भिजिट भिसा समस्या समाधान गर्न सत्तापक्ष र प्रतिपक्षबीच कुनै विमति छैनः सांसद बस्नेत

318 Shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद शक्ति बस्नेतले भिजिट भिसामार्फत हुने गरेको मानव तस्करीको समस्या समाधान गर्नेमा सत्ता र प्रतिपक्षी दलहरु एक ठाउँमा रहेको बताउनुभएको छ। 

सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद बस्नेतले यस्तो बताउनुभएको हो । भिजिट भिसाको विषयमा रहेका समस्याहरूको तत्कालीन र दीर्घकालीन समस्याको समाधान गर्ने कुरामा विमति नभए पनि कसले गर्ने भन्ने कुरामा सहमति नहुँदा संसदको गतिरोध अन्त्य हुन नसकेको बताउनु भयो । 

उहाँले भिजिट भिसा प्रकरणको बारेमा मङ्गलबार घनिभूतरूपमा छलफल गर्ने र बुधबारदेखि संसद खुलाउने गरी सत्तापक्ष र प्रतिपक्षीबीच छलफल भएकोसमेत बताउनु भयो । बुधबारदेखि संसदको गतिरोध अन्त्य हुने उहाँको विश्वास छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै प्रतिपक्षी दलहरूले गत जेठ १३ देखि संसद अवरुद्ध गर्दै आएका छन् ।