२०८२ साल जेठ १९ गते सोमबारः कस्ताे छ आजकाे राशिफल ?

444 Shares

काठमाडाैँ । २०८२ साल जेठ १९ गते सोमबार । तदनुसार २ जुन २०२५ । सप्तमी तिथी ४८ घडी १३ पला उप्रान्त अष्टमी  तिथी प्रारम्भ  हुनेछ । मघा  नक्षत्र ५४ घडी १९ पला पूर्व फाल्गुणी  नक्षत्र प्रारम्भ हुनेछ । आज बिहान सूर्योदय ५ः१० मा भयो भने सूर्यास्त ६ः५४ मिनेटमा हुनेछ । आज सोमबार चन्द्रमा सिंह राशिमा । 

मेश राशि 
अनावश्यकरुपमा वादविवादको सिर्जना हुने देखिन्छ । कुरा काट्नेहरू सक्रिय रहनेछन्। विश्वास गरेका साथीभाइबाट धोका पाउनका साथै घरायसी मनमुटावको सिर्जना हुने देखिन्छ ।

वृष राशि
अध्ययन अध्यापनमा सफलता मिल्नेछ । पारिवारिक सरसहयोगले नयाँ कार्यको थालनी हुनेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नाले मनमा खुसी छाउनेछ।

मिथुन राशि
आयआर्जनमा वृद्धि भएर जानेछ । प्रशासनिक क्षेत्रबाट लाभ लिन सकिनेछ । व्यवसायबाट राम्रै आम्दानी गर्न सकिने देखिन्छ। नयाँ साथीको आगमनले मनमा उत्साह बढेर जानेछ।

कर्कट राशि 
थोरै कुरामा विवादको सामना गर्नुपर्ने देखिन्छ। दाम्पत्य जीवनमा उत्तरचढाव आउनेछ ।गुप्ताङसम्बन्धी समस्याले सताउने देखिन्छ । कुरा काट्नेहरू सक्रिय रहने योग छ।

सिंह राशि
गरिरहेको काममा बाधा आउने छ । टाउको दुख्ने समस्याले सताउनेछ। आर्थिक कारोबार मा वादविवादको सामना गर्नुपर्ने देखिन्छ । पठनपाठनमा विवाद आउनाले मनमा चिन्ता बढेर जाने देखिन्छ।

कन्या राशि 
आयआर्जनमा वृद्धि भएर जानेछ । पैत्रिक सम्पत्ति प्राप्त हुने योग छ। लामो समयदेखि चल्दै आएको विवादको अन्त्य हुनुका साथै भोजमा सहभागी हुने अवसर जुट्नेछ।

तुला राशि 
बौद्धिक तथा शैक्षिक कार्यमा सफलता पाइने योग छ। लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ । न्यायिक कार्यमा तपाईंकै जित हुने देखिन्छ ।

वृश्चिक राशि 
स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ। पैत्रिक सम्पत्तिमा वादविवाद बढेर जानेछ । आफन्तमा बहिरभाव आउनुका साथै झुटा आरोपको समेत सामना गर्नुपर्ने देखिन्छ।

धनु राशि 
अनावश्यक विवाद बढेर जानेछ । आर्थिक लेखनशैलीमा कमी आउनेछ । अर्काले गरेको गल्तीको पनि आफूले सजाय भोग्नुपर्ने देखिन्छ । पारिवारिक झैझगडामा फसिने योग छ।

मकर राशि 
मिष्ठान्न भोजनको अवसर जुट्नेछ। ठूला व्यक्तिको प्रशंसनीय भइनेछ। आर्थिक क्षेत्रमा सुधार भएर जानेछ । पारिवारिक नयाँ कार्यको थालनी हुने देखिन्छ ।

कुम्भ राशि
नवीनतम मार्गबाट राम्रै आम्दानी गर्न सकिनेछ। स्वास्थ्यमा सुधार भएर जानेछ। सामाजिक कार्यमा समय व्यतित हुनेछ । अनावश्यक विवादको अन्त्य भएर जानेछ।

मीन राशि 
चोटपटकको सम्भावना रहेकाले सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ। साथीभाइमा बहिरभाव आउनेछ। लामो समयदेखि गर्दै आएको काममा बाधा आउनाले मनमा चिन्ता बढेर जाने देखिन्छ।