सरकारले ल्यायाे आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड बजेट

576 Shares

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। 

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसद्को संयुक्त बैठकमा बजेट वक्तव्यमार्फत बजेट घोषणा गरेका हुन् ।

कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ रहेको छ। यो कुल बजेटको ६०. १ प्रतिशत हो। 

यसैगरी पुँजीगततर्फ चार खर्ब सात अर्ब ८९ करोड रुपैयाँ अर्थात् २०. ८ प्रतिशत र वित्तीय व्यस्थापनतर्फ तीन खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९.१ प्रतिशत रहेको छ।