बनेपामा निर्माण हुने चलचित्र छायाङ्कन स्टुडियोले पर्यटन प्रवर्द्धनमा सहयोग गर्छः नेता बाँस्कोटा (भिडियाे)

562 Shares

बनेपा । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य एवं प्रतिनिधि सभा सदस्य गोकुल बाँस्कोटाले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियो जिल्लाकै गौरवको योजना भएको बताउनु भएको छ । 

करिब ४ वर्षदेखिको सपना अब पूरा हुन लागेको भन्दै उहाँले यसका लागि ३९ करोड बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । एमाले बनेपा नपा–१० को दोस्रो वडा सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उहाँले यसको जानकारी दिनुभएको हो । यो परियोजनाले बनेपाको पर्यटन व्यवसायलाई माथि उकास्ने बताउँदै यसले अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउन सफल हुने बताउनुभयो ।

a43c3268-37c9-48de-9a9b-77794cfb0959.jpg

एमाले न्याय दिने पार्टी भएकाले नागरिकले पार्टीप्रति आशा राखेको र विकासका कामलाई पार्टीले अग्रस्थानमा राखेर अघि बढेको उहाँले बताउनुभयो । अरनिको राजमार्ग विस्तारका क्रममा केही ठाउँमा विवाद रहेकाले ढिला भएको भन्दै उहाँले धुलिखेल–खावा खण्डको निर्माणले लाजमर्दो अवस्था बनाएको बताउनुभयो । अब भने यो सडक निर्माणको सुनिश्चित रहेको बाँस्कोटाले जानकारी दिनुभयो । नेता कार्यकर्तालाई निर्देशन दिँदै उहाँले चौरासी चौरासी मात्र नभन्न र नागरिकको मन जित्ने काम गर्न सके एमालेको लोकप्रियता अझै बढ्ने दाबी गर्नुभयो । 

96019300-dd2e-44f3-a4fa-6a762f6c5ca2.jpg

वडा कमिटीका कार्यबाहक अध्यक्ष अशोक विष्टको अध्यक्षतामा भएको कार्यक्रममा बनेपाकी उपप्रमुख बिमला सापकोटा दाहाल, मुक्ती विष्ट, रिता ढकाल, नवराज मानन्धर, आत्मराम थापा, कुमार तिमल्सिना, वडा नम्बर १० का वडाध्यक्ष चन्द्रबहादुर खड्कालगायतले कार्यक्रमको सफलताको कामनासहित शुभकामना दिनुभएको थियो । सुशील थापाले स्वागत गर्नुभएको कार्यक्रम जीवन भुजेलले संचालन गर्नुभएको थियो । कार्यक्रममा पार्टीलाई योगदान गर्ने अग्रज नेताहरुलाई सम्मान पनि गरिएको थियो । 

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला

 

तस्बीरहरुः ज्ञानमणि नेपाल कालाेटाेपी