कस्ताे छ आजकाे भाग्य ?, थाहा पाउनुहाेस् राशिफल

260 Shares

काठमाडौँ । २०८२ साल बैशाख २७ गते शनिबार । तदनुसार १० मे २०२५  । त्रयोदशी तिथी ३० घडी ३५ पला उप्रान्त चतुर्दशी तिथी प्रारम्भ  हुनेछ । चित्रा नक्षत्र ५५ घडी १३ पला  उप्रान्त स्वाति प्रारम्भ हुनेछ । सिद्ध योग  तैतिल करण आज बिहान सूर्योदय ५ः२० मा भयो भने सूर्यास्त ६ः४१ मिनेटमा हुनेछ । आज शनिबार चन्द्रमा कन्या राशिमा रहेका छन् ।

मेष राशि
पारिवारिक कलह बढेर जानेछ । झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ। अनावश्यकरुपमा गरिरहेको काममा बाँधा हुनेछ । व्यापार व्यवसायमा भएको घाटाले मानसिक तनाब बढेर जाने देखिन्छ ।

वृष राशि
मानसमानमा वृद्धि भएर जानेछ । पठनपाठनमा सफलता मिल्नुका साथै धार्मिक कार्यमा सफलता पाइनेछ। बोलीमा आएको सुधारले सबैको प्यारो भइनेछ । सामाजिक काममा तल्लिन हुने योग छ । भोजभतेरमा सहभागी भइनेछ।

मिथुन राशि
काममा सफलता पाइने योग छ । तरल पदार्थबाट राम्रै आम्दानी गर्न सकिनेछ। जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ। दाजुभाइमा सहयोगको भावना बढेर जाने योग रहेको देखिन्छ।

कर्कट राशि
माङ्गलिक कार्यमा सहभागी भइनेछ । आकस्मिक धनलाभ मिल्ने देखिन्छ। स्थानान्तरणको योग रहेको छ । साथीभाइको सहयोगले नयाँ कार्यको थालनी हुनेछ। लेखनशैलीमा तीव्रता आउनेछ।

सिंह राशि
पराक्रममा कमी आउनेछ । दाजुभाइमा मनमुटावको सिर्जना हुनेछ। अनावश्यकरुपमा खर्चको मात्रा बढेर जानेछ। शारीरिक अस्वस्थता बढेर जानेछ।

कन्या राशि
चोटपटकको सम्भावना रहेकाले सवारी साधनबाट जोगिनु पर्नेछ। वैदेशिक कार्यमा बाधा हुनुका साथसाथै थोरै कुरामा पनि वादविवादको सामना गर्नुपर्ने देखिन्छ।

तुला राशि
पैत्रिक सम्पत्तिको विषयलाई लिएर केही वादविवादको सामना गर्नुपर्ने देखिन्छ। शैक्षिक क्षेत्रमा बाधा आउनुका साथै व्यवसायमा समेत घाटा भएर जाने देखिन्छ।

वृश्चिक राशि
बाेलीको प्रभाव बढेर जानेछ । साझेदारी काममा सफलता मिल्ने देखिन्छ। पारिवारिक स्वार्थयोगले नयाँ कार्यको थालनी हुने देखिन्छ। मिष्ठान्न भोजनको अवसर प्राप्त हुने देखिन्छ।

धनु राशि
अध्ययन अध्यापनमा सफलता मिल्ने देखिन्छ । सन्तान पक्षबाट काममा सहयोग गर्नाले सफलता मिल्ने देखिन्छ। मानसम्मान पाइने योग छ । नयाँ कार्यको थालनी हुने देखिन्छ।

मकर राशि
अनावश्यक विवाद बढेर जानेछ । आयमा कमी आउने देखिन्छ ।  कुरा काट्नेहरू सक्रिय रहनेछन् । शैक्षिक क्षेत्रमा बाधा आउनुका साथै स्थायी सम्पत्तिमा समेत विवाद आउने देखिन्छ।

कुम्भ राशि
आयआर्जनमा वृद्धि भएर जानेछ । लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउनुका साथै पुराना साथीभाइसँग भेटघाट हुनाले रमाइलोमा समय व्यतीत हुने देखिन्छ।

मीन राशि
पतिपत्नीबीच माधुर्यता छाउनेछ । बोलीमा मिठास आउनेछ। आफन्तको सहयोगले नयाँ कार्यको थालनी हुने देखिन्छ। ठूला व्यक्तिको प्रशंसनीय भइनेछ ।