333
Shares
काठमाडौं । साताको तेस्रो कारोबार दिन आज नेप्से परिसूचक १.०३ अंकले बढेर २ हजार ६११.४३ को विन्दुमा कायम भएको छ ।
कारोबार भएका १२० कम्पनीको सेयर मूल्य बढ्दा १२६ कम्पनीको सेयर मूल्य भने घटेको छ । आज ३१८ कम्पनीको २ करोड ५ लाख ४२ हजार ७६४ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७४ करोडमाथिको कारोबार भएको छ ।
नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् । यसपछि क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले ९.९९ प्रतिशत र ओम मेगा श्रीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् ।
विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले आज १० प्रतिशतका दरले गुमाएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया