५ हजार ३०० ले बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार

333 Shares

काठमाडाैं । नेपाली बजारमा साेमबार सुनकाे मूल्य ह्वात्तै बढेकाे छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतिताेला ५ हजार ३ सयले बढेकाे हाे । महासंघले ताेकेकाे मूल्य अनुसार आज सुन एक लाख ८९ हजार ९०० मा काराेबार भइरहेकाे छ । 

यस्तै चाँदीकाे मूल्य पनि आज बढेकाे छ ।  चाँदी आज  ५५ रुपैँयाँले बढ्दै एक हजार ९६५ मा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ।