नेप्सेमा आज पनि गिरावट, सात अर्ब ६३ करोडकाे कारोबार

391 Shares

काठमाडाैं । सोमबार पनि शेयर बजारमा गिरावट आएकाे छ । नेप्से परिसूचक ९.६२ अंकले घटेर २ हजार ६१०.७६ विन्दुमा पुगेकाे छ। 

कारोबार रकम पनि घट्दै सात अर्ब ६३ करोड रुपैयाँमा सीमित रह्यो, जुन अघिल्लो दिनको तुलनामा १ अर्ब ६१ करोड कम हो । सोमबार ३१९ वटा धितोपत्रको एक करोड ८४ लाख कित्ता शेयर किनबेच भयो । ८६ कम्पनीको मूल्य बढ्दा १५९ को घट्यो र एक कम्पनी स्थिर रह्यो ।

चार कम्पनी-नेपाल माइक्रो इन्स्योरेन्स, ओम मेगाश्री फर्मा, सिटिजन्स सुपर ३० म्युचुअल फन्ड र क्रेस्ट माइक्रो लाइफ-को मूल्य सर्किट लेभलमा पुग्यो । सबैभन्दा धेरै गिरावट हिमालयन पावर पार्टनरको शेयरमा देखियो, जुन ९.९९ प्रतिशत घटेर २५८१.३० रुपैयाँमा झर्‍यो । रिभर फल्स पावर ७.९५ प्रतिशतले घटेर ५४५.९० रुपैयाँमा पुग्यो ।

१३ वटा समूहगत परिसूचकमध्ये केवल तीन समूहको बढ्यो भने १० समूहमा गिरावट आयो। व्यापार समूहको परिसूचक सर्वाधिक १.१३ प्रतिशतले घट्यो ।