काठमाडाैं । साताको पहिलो दिन शेयर बजार सामान्य घटेको छ । नेप्से आज ३ दशमलव ४४ अंकले घटेर २ हजार ६ सय २० दशमलव ३९ विन्दुमा झरेको छ ।
आज बैंक, विकास बैंक, होटल, उत्पादन र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स समूहको शेयर झन्डै डेढ प्रतिशतले ओरालो लागेको छ । आज विन नेपाल लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले घटेको छ ।
समग्रमा बजार घटेको दिन नेपाल माइक्रो इन्स्याेरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्याेरेन्स र ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गएको बुधबार ९ अर्ब ३७ करोडको कारोबार भएकोमा आज ३ सय २२ वटा कम्पनीका २ करोड १९ लाख कित्ता शेयर ९ अर्ब २४ करोड रुपैयाँमा किनबेच भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया