६०० ले बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

327 Shares

काठमाडाैं । नेपाली बजारमा आइतबार सुनकाे मूल्य बढेकाे छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतिताेला ६ सयले बढेकाे हाे । महासंघले ताेकेकाे मूल्य अनुसार आज सुन एक लाख ८४ हजार १०० मा काराेबार हुँदैछ । 

यस्तै चाँदीकाे मूल्य भने घटेकाे छ । प्रतिताेला २० रुपैंयाँले घटेकाे चाँदी आज एक हजार ९१० मा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ।