यो वर्ष सरदरभन्दा बढी मनसुनी हुने प्रक्षेपण

477 Shares

काठमाडौं । नेपालमा यो वर्ष सरदरभन्दा बढी वर्षा हुने भएको छ । अबको डेढ महिनाबाट सुरु हुने मनसुनी वर्षा यो वर्ष दक्षिण एसियाका अधिकांश भागमा औसतभन्दा बढी हुने प्रक्षेपण साउथ एसियन क्लाइमेट आउटलुक फोरमले गरेको हो ।

अप्रिल अन्तिम साता भारत पुणेमा सम्पन्न विभिन्न देशका मौसमविद् सहभागी सत्रले दक्षिण एसियाका उत्तरी, दक्षिणी, पूर्वी र उत्तरपूर्वी भागका केही भागमा भने औसत वा त्यसभन्दा केही कम वर्षा हुनसक्ने आँकलन गरेको थियो । भारत पुणेमा २८ देखि ३० अप्रिलसम्म सास्कोफको ३१औं बैठक भएको थियो ।

सास्कोफमा दक्षिण एसियाका नौ देश नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स, अफगानिस्तान, म्यानमारका मौसमविद् र अन्तर्राष्ट्रियविज्ञ सहभागी थिए । सास्कोफका अनुसार हालको अवस्थामा एल निनो–दक्षिणी दोलन (एन्सो) र हिन्द महासागर द्विध्रुवीयता (इन्डियन ओसन डाइफल–आईओडी) दुवै तटस्थ अवस्थामा छन् । मनसुन अवधिमा यी जलवायु सूचक तटस्थ अवस्थामै रहने सम्भावना छ ।

गत वर्षको १२५ दिन लामो मनसुनमा नेपालमा १२२ प्रतिशत अर्थात् १६७०.७ मिलिलिटर वर्षा भएको थियो। त्यो सामान्य अवस्थाको मनसुनभन्दा १३ दिनले बढी थियो । राष्ट्रसंघीय मौसम निकाय डब्ल्यूएमओले विगत पाँच वर्षयता विश्वव्यापीरूपमा मौसम पूर्वानुमान गर्ने निकायका विवरणलाई क्षेत्रीयरूपमा विश्लेषण र विभाजन गद सार्वजनिक गर्ने नीतिअन्तर्गत यस्ता प्रक्षेपण हुने गरेका छन् ।राजधानीबाट