एनआरएनएभित्र राजनीति नगरिदिनुस्ः परराष्ट्रमन्त्री

423 Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र राजनीति नगर्न आग्रह गर्नुभएको छ। 

शनिबार काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले राजनीति गर्ने ठाउँ फरक रहेको भन्दै एनआरएनए संस्था राजनीति गर्ने ठाउँ नभएको बताउनु भयो । उहाँले एनआरएनएमा रहेर देश समृद्ध बनाउन सहयोग गर्नुपर्ने बताउनु भयो । 

राजनीति गर्नेलाई समृद्धि कसरी ल्याउन सकिन्छ ? भन्ने कुरा राम्रोसँग जानकारी नहुने भन्दै विदेशमा देखेका र भोगेका कुरालाई नेपालमा आएर परिणाम दिन सकिने बताउनु भयो । परराष्ट्रमन्त्री डा. राणाले गैरआवासीय नेपालीहरु आफ्नो परिवार, समाज, गाउँ र समुदाय विकास गर्ने महत्वपूर्ण माध्यम रहेको उल्लेख गर्नुभयो ।