‘सरकारको नीति तथा कार्यक्रम अधिनायकवादी शैलीको’: ध्रुवबहादुर प्रधान

303 Shares

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ध्रुवबहादुर प्रधानले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम अधिनायकवादी शैलीको भएको टिप्पणी गर्नुभएको छ ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद प्रधानले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले सरकारले नेपाली नागरिकको मौलिक हकको समेत ख्याल नगरी कार्यक्रम अघि सारेको आरोप लगाउनु भयो । अहिले देशले भोगिरहेको समस्याहरु सम्बोधन गर्नुभन्दा पनि सरकारको दैनिकीलाई नै नीति तथा कार्यक्रममा समावेश गरिएको उहाँको टिप्पणी छ । 

सरकारले राष्ट्रपति रामचन्द्र पौडेलमार्फत आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रश्तुत गरेको छ ।