नीति तथा कार्यक्रम कार्यान्वयनमा निर्भर रहन्छः सांसदहरु

368 Shares

काठमाडाैं । नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले नीति तथा कार्यक्रम समग्रमा राम्रो रहेको प्रतिक्रिया दिनुभएको छ । 

सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले परम्परागतभन्दा एक कदम अगाडि बढ्नुपर्ने भएपनि त्यसो हुन नसकेको टिप्पणी गर्नुभयो । उहाँले नीति तथा कार्यक्रम मुलभुतरुपमा कार्यान्वयनमा निर्भर रहने र बजेटले दिएको कार्यदिशाअनुसार कार्यान्वयन हुने बताउनु भयो । 

नीति तथा कार्यक्रमबारे प्रतिक्रिया दिँदै काँग्रेस नेता रामहरि खतिवडाले विरालो बाँधेर श्राद्ध गर्ने परम्पराजस्तै भएको टिप्पणी गर्नुभयो । उहाँले कार्यक्रम सकारात्मकरुपमा आएकोले स्वागतयोग्य भएको बताउनु भयो । धेरै कुरा सकारात्मक आएकाले नकारात्मक रुपमा नलिनसमेत आह्वान गर्नुभयो । 

सांसदहरुले पटकपटक असफल भएका सुधारका विषयहरुको निरन्तरतामात्र भएको प्रतिक्रिया दिएका थिए ।