काठमाडाैं । सरकारले चुरे संरक्षणका लागि गुरुयोजना पुनरावलोकन गर्ने भएको छ ।
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रश्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी दिनुभएको हो । उहाँले राष्ट्रपति चुरे–तराई मधेस संरक्षण परियोजनाको पुनर्संरचना गरी राष्ट्रिय चुरे संरक्षण आयोजनाको रूपमा अघि बढाइने बताउनु भयो । एकीकृत जलाधार व्यवस्थापनमार्फत पानी सञ्चय, भूक्षय नियन्त्रण र क्षतिग्रस्त भूमिको पुनर्स्थापनामा ध्यान दिइने सरकारको नीति छ ।
त्यस्तै सरकारले मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरण गर्दै राहत प्रणालीलाई बीमा प्रणालीसँग एकीकृत गर्ने बताएको छ । संरक्षण क्षेत्रमा मानव–प्रकृति सहअस्तित्व कायम गर्ने बताएको छ ।
सरकारले वातावरणीय अध्ययन तथा मूल्याङ्कन प्रक्रिया सरल बनाउने, वायु गुणस्तर कार्य योजना लागू गर्ने भएको छ । पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनमा युरो–६ मापदण्ड लागू गरिने बताएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया