सुनकाे मूल्यमा उच्च गिरावट : एकै दिन ४ हजार ६ सयले घट्याे, कतिमा हुँदैछ काराेबार ?

325 Shares

काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनकाे मूल्य ह्वात्तै घटेकाे छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतिताेला ४ हजार ६ सयले घटेकाे हाे । महासंघले ताेकेकाे मूल्य अनुसार आज सुन एक लाख ८३ हजार ५०० मा काराेबार हुँदैछ । 

यस्तै चाँदी पनि घटेकाे छ । प्रतिताेला ५० रुपैंयाँले घटेकाे चाँदी आज एक हजार ९१५ मा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ।