राष्ट्रिय गौरवका आयोजनाहरुलाई पुनःविचार गरौँः रक्षामन्त्री राई

389 Shares

काठमाडाैं । रक्षामन्त्री मानवीर राईले राष्ट्रिय गौरवका आयोजनाहरुलाई पुनःविचार गर्न जरुरी रहेको बताउनुभएको छ । 

मंगलबार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।सरकारले अध्ययन गरेर राष्ट्रिय गौरवका आयोजनाहरु घटाउन जरुरी रहेको बताउनु भयो । 

धेरै घोषणा हुने तर काम नहुने स्थिति रहेको भन्दै आर्थिक अवस्थाले नधान्ने र अनावश्यक घोषणा गरेर राख्ने काम गर्न नहुनेमा जोड दिनुभयो । थुप्रै राष्ट्रिय गौरवका आयोजना घोषणा गरेर लथालिङ्ग राख्नु भन्दा आफूले गर्न सकिने मात्रै गर्न पाए राम्रो हुने मन्त्री राईको भनाइ छ । 

रक्षामन्त्री राईले फास्ट ट्रयाकबाट निर्माण भइरहेका क्षेत्रका सांसदहरुसँग छलफल गर्ने बताउनु भयो । गाडीबाटै अनुगमन गर्न जाने र त्यसको निस्कर्ष निकाल्ने प्रयासमा आफू रहेको बताउँदै उहाँले गरिबी परिचयपत्र वितरण गर्न जरुरी रहेको बताउनु भयो ।