काठमाडाैं । अत्यन्तै हर्ष र कृतज्ञताका साथ, अन्तर्राष्ट्रिय लायन्स संस्था, जिल्ला ३२५ पी नेपाल (लायन्स वर्ष २०२५/२६) अन्तर्गत काठमाडौं क्षेत्र नं. १ का लागि लायन्स क्लब अफ काठमाडौं एक्सिलेन्स टिमका सक्रिय सदस्य लायन उद्वव गुप्तालाई जोन चियरपर्सन पदमा मनोनयन गरिएको छ।
उक्त महत्वपूर्ण जिम्मेवारी प्रदान गर्नुहुने सम्पूर्ण लायन्स अभिभावकज्यूहरू, लायन्स लिडरहरू तथा शुभेच्छुकहरूलाई उद्वव गुप्ताले विशेष धन्यवाद तथा हार्दिक नमन व्यक्त गरेका छन्। उनले लायन्स गभर्नर PMJF लायन बलराम भट्टराई, लायन राजन कुँवर, लायन अनुप पहारीलगायत सबै प्रेरक तथा मार्गदर्शकहरूप्रति आभार प्रकट गरेका छन् ।
त्यस्तै, आगामी वर्ष २०२६/२७ का गभर्नर तथा आफ्नो गाइडिङ लायन MJF लायन सन्दीप कसौधन र उप-गभर्नर PMJF लायन मीना पन्थी रेग्मीप्रति समेत विशेष धन्यवाद व्यक्त गरे ।
उद्वव गुप्ताले लायन्स सेवा, नेतृत्व र मानवीयताका कार्यमा निरन्तर समर्पित भई, सबैको विश्वास र साथको सम्मान गर्दै अगाडि बढ्ने दृढ संकल्प व्यक्त गरेका छन् । "Happy Heart's Helping Hands!" भन्ने मूल मन्त्रका साथ उनले जय लायनवादको उद्घोष गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया