आजकाे माैसमः गर्मी बढ्दै, केही स्थानमा भने वर्षाकाे सम्भावना

352 Shares

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको अवस्था छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमतीलगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। हाल गण्डकी प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज मधेस प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङको सम्भावनाका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाको अनुरोध छ ।